कैलाली । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताको प्रवेश बढ्दै गएको छ । लोक संस्कृतिको जगेर्नासँगै केही नयाँ कलाकार छोटो समयमा पनि चर्चामा आउन सफल भएका उदाहरण पनि छन् । नेपाली सांगीतिक बजारमा एक उदाउँदो नाम हो दिल रोकाया । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा रोकायाको चर्चा चुलिदै गएको छ ।
कैलालीको बर्दगोरियाका रोकायाले करिब एक दशक अघिदेखि औपचारिक रुपमा सांगीतिक यात्रा आरम्भ गरेका हुन् । उनले आधा दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् ।उसो त नेपाली लोक तथा दोहोरी गीत आम नेपालीको रोजाइँमा छ । त्यहीँ नेपाली गीतमा लय/शब्द भर्न अब्बल क्षमताका कारण कलाकारिता क्षेत्रमा जम्दै गएका छन् कलाकार दिल रोकाया ।
‘के छनि हाल खबर’ बोलको गीतमार्फत् सांगीतिक क्षेत्रमा प्रवेश गरेका रोकायाको ७ वटा म्यूजिक भिडियोसहितको गीत सार्वजनिक भइसकेका छन् । उनका उत्कृष्ट लय तथा शब्द सिर्जनाले छोटो समयमै चर्चा कमाउन सफल भएका छन् । उनी गायक मात्रै नभएर लय, शब्द र संगीत रचना पनि गर्छन् । निकट भविष्यमै उनले आफ्नै शब्द र संगीत रहेको ‘ए पारु’ बोलको गीत बजारमा ल्याउन लागेका छन् ।
अहिले सो गीतको म्यूजिक भिडियो बनाउने काम भइरहेको छ । लय/शब्द,/संगीत दिल रोकाया रहेको उक्त गीतमा नृत्य निर्देशक तथा कोरियोग्राफर स्टार कठायत, एरेन्जर भुमिराज थापाले गरेका छन् । त्यस्तै, मोडेल विकास रोकाया, रेजिना बादी र पवित्रा थापाले अभिनय गरेका छन् । भिडियो छायांकनमा क्यामेरा सम्पादनको भूमिका कृष्ण बाबुले गरेका छन् ।
उक्त गीत परिवर्तन रेकर्डिङ स्टुडियो काठमाडौंबाट बजारमा ल्याइएको हो । रोकाया आफ्नै कला र गलाका कारण चर्चा बटुल्दै गएका छन् । सुरुवाती चरणमा गीतसंगीत क्षेत्रमा केही कठिनाई भएपनि पछिल्लो समय आफ्ना शब्द रचनामा रहेका गीतहरुलाई स्रोता र दर्शकहरुले रुचाउँदै गएको उनले बताए ।
तर, स्थानीय क्षेत्रमा हुने मेला, महोत्सवमा स्थान नपाउँदा स्थानीय गायक कलाकारहरुको सिर्जना र कला आझेलमा पर्दै गएको गुनासो उनले सुनाए । सानै उमेरदेखि गीत संगीतमा रमाउने उनका आफ्नै लोक दोहोरी गीत के छनि हाल खबर, अन्त कतै मन, ओए मुटु बजारमा आइसकेका छन् भने आधुनिक पावर रुपैयाँ र लोकपप बजाई दे, तेरे बिना गीतहरु सार्वजनिक भइसकेका छन् ।
उनले आफ्नो गीत सँगसँगै स्टेज कार्यक्रमहरुमा पनि पर्फमेन्स दिने बताएका छन् । देशका विभिन्न ठाउँमा हुने कार्यक्रम दर्शकको मन जितेका उनले सांगीतिक क्षेत्रलाई नै निरन्तरता दिने आफ्नो योजना रहेको सुनाए । हेर्नुहोस् भिडियो :































































































































































