अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।  गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ९९औ मिनेटमा डानी कार्भाजलले निर्णायक गोल गरेका थिए । यस अघि रियलले २-० ले पछि परेको अवस्थामा खेलमा कम ब्याक गरेको थियो ।  रियलका लागि जुडे बेलिङघम र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । त्यस्तै अल्मेरियाले खेलको पहिलो हाफमा २ गोल गरेर रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । अल्मेरियाका लागि लार्गी रमाजानी र् एडगर गोन्जालेजले एक एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको २० खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।  एक खेल बढी खेलेको गिरोना ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल्मेरिया भने २१ खेलमा केवल ६ अंकसहित अंक तालिकामा पुछारमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१