आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

काठमाडौँ । जारी एसियन कप अन्तर्गत समुह ए बाट कतार र ताजकिस्तान दोस्रो चरणमा प्रवेश गरेका छन् । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा आयोजक कतार र ताजकिस्तानले आ-आफ्नो खेल जितेपछि दोस्रो चरणमा पुगेका हुन् ।

 

ताजकिस्तानले लेबनानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने कतारले चीनलाई १-० गोलले पराजित गएको थियो । यो जितपछि कतार समुह ए मा ३ खेलमा ९ अंकसहित पहिलो हुदै राउण्ड १६ मा पुगेको छ भने ताजकिस्तान ३ खेलमा ४ अंकसहित दोस्रो हुदै राउण्ड १६ मा पुगेको छ । पहिलो पटक एशियन कप खेलिरहेको ताजकिस्तान राउण्ड १६ मा पुगेको छ ।

 

समुह ए मा चीनको ३ खेलमा २ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । चीन  तेस्रो स्थानमा रहेका देशहरुमा शिर्ष चारमा परेमा दोस्रो राउण्डमा छानिने छ । यसको टुंगो समुह चरणका सबै खेलपछि लाग्ने छ ।त्यस्तै ३ खेलमा एक अंक रहेको लेबनानको एशिया कपको यात्रा भने टुंगिएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१