शुक्रबार, भदौ २७, २०८२

भरतपुरको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटको विशेष छुट अफर

चितवन। भरतपुर महानगरपालिका–६ देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) ले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको छ ।एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यका अनुसार विशेष छुट सहित एक जोडीका लागि पाँच हजार रुपैयाँको आकर्षक प्याकेज घोषणा गरिएको हो ।

 

विशेष प्याकेज अन्तर्गत एक जोडीलाई होटलमा कोठाका साथै बिहानको नास्ता तथा बिहान र बेलुकीको खाना सुविधा उपलब्ध गराइने आचार्यले बताएका छन ।  एलटिकेले भ्रमण वर्षको अवसर पारेर घोषणा गरेको छुट अफरमा जंगल सफारी, विभिन्न सामाजिक संघ संस्थाहरु सँगको समन्वयमा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने कार्यक्रम गरिने आचार्यको भनाइ छ । जोडी बाहेक आउने व्यक्तिहरुका लागि समेत विशेष छुट सहित खाने र बस्ने तथा विभिन्न प्याकेजहरु प्रदान गरिने आचार्यले बताए ।

 

भरतपुर महानगरपालिका–६ देवनगर, चम्पानगरस्थित एलटिके चितवन भरतपुरको व्यस्त बजारदेखि भित्र एकान्त र शान्त वातावरणमा अवस्थित छ । रिसोर्टमा संघ संस्थाका कार्यक्रम, विवाह, रिसेप्शन पार्टी, जन्मदिनका कार्यक्रम, पारीवारिक जमघट तथा सांगीतिक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । उक्त रिसोर्टमा बच्चादेखि वृद्ध उमेर समूहका सबै पाहुनाहरुका लागि फेमली कटेज समेत रहेको छ ।

 

समूहमा आउने पर्यटकहरुको मनोरञ्जनका लागि विभिन्न समुदायका धर्म र संस्कृति अनुसारका कार्यक्रम गरिने आचार्यका भनाइ छ । रिसोर्टमा २२ वटा सुविधा सम्पन्न डिलक्स रुम छन् । एउटा पार्टी हल रहेको रिसोर्टमा योग र ध्यानका लागि ८० जना क्षमताको छुट्टै हलसमेत रहेको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९