
काठमाडौँ । अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो ।अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१,
हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।