जाजरकोट । अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ । हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो । ‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छौ, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने । तर, जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा चाँही अहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन । उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन ।































































































































































