नाइजेरिया र एंगोला अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौँ। नाइजेरिया जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो ।नाइजेरियाको जितमा दुवै गोल अडेमोला लूकम्यानले गरेका थिए । उनले खेलको ३०औं र ९०औं मिनेटमा गोल गरेका थिए ।यो हारसँगै पाँच पटकको अफ्रिकी च्याम्पियन क्यामरुन प्रतियोगिताबाट बाहिरिएको छ ।

 

त्यसैगरी गएराती सम्पन्न अर्को खेलमा एंगोलाले नामिबियालाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । अब क्वाटरफाइनलमा एंगोला र नाइजेरिया भिड्ने भएका छन् । त्यस्तै हारसँगै नामिबिया पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१