अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी

काठमाडौँ । बायर्न म्युनिखले जर्मनी बुण्डेसलिगा अन्तर्गत अग्सबर्गलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अग्सबर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।बायर्न म्युनिखको जितमा अलेक्जेन्डर पाभलोभिक, अल्फोन्सो डाभिज र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै अग्सबर्गका लागि एर्मेडिन डेमिरोभिकले दुवै गोल गरेका थिए ।

 

 

यो जितपछि बायर्न म्युनिखको १९ खेलमा ४७ अंक भयेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । हाल बायर्न म्युनिख शिर्ष स्थानमा रहेको लिभरकुसेनको १९ खेलमा ४९ अंक रहेको छ र बायर्न भन्दा २ अंकले अगाडी रहेको छ ।त्यस्तै अग्सबर्गको भने १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१