
काठमाडौँ । वेस्टइण्डिजले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा रोमाञ्चक जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन वेस्टइण्डिजले अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै सिरिज बराबरी गरेको हो ।वेस्टइण्डिजले दिएको २१७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २०७ रन बनाएर अल आउट भएपछि खेल ८ रनले हारेको हो ।यस टेस्टमा वेस्टइण्डिजले पहिलो इनिङमा ३११ रन बनाएको थियो भने दोस्रो इनिंगमा १९३ रन
बनाएर आउट भएको थियो ।त्यस्तै अस्ट्रेलियाले पहिलो इनिङमा २८९ रन बनाएर पारी घोषणा गरेको थियो भने दोस्रो इनिंगमा २०७ रन मनाएको थियो ।योसँगै अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ ।