
काठमाडौं । मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको हो ।मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.५ ओभरमा अलआउट हुदै १६० रन बनाएको हो ।यस अघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै ४१.३ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो ।यो जितपछि मधेश प्रदेश ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । योसहित मधेश प्रदेशका सबै खेल सकिएका छन् र मधेश प्रदेश फाइनल खेल्न भने असफल भएको छ । त्यस्तै लुम्बिनी प्रदेशले भने छैटौं हार बेहोरेको छ । ७ खेलमा एक जितसहित लुम्बिनी नवौं स्थानमा रहेको छ ।