काठमाडौं। राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक्नुपर्ने बताएका छन्।सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताए। २०/३० हजार नेपाली पाउने गरी नभइ कम्तीमा एक लाख मासिक पाउने ठाउँमा नेपाली युवालाई पठाउनुपर्ने उनको प्रस्ताव छ।हाल नेपालीहरू बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन्। अर्को विश्वयुद्ध हुँदा पनि नेपालीहरु प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए।
म्याग्दी, मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...






























































































































































