आइभरी कोष्ट अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौं। सेनेगल अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ ।गएराती सम्पन्न राउण्ड १६ अन्तरगतको खेलमा आइभरी कोष्टले पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेनेगल प्रतियोगिताबाट बाहिरिएको हो ।निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरीमा रोकिएपछि दुवै देश ३० मिनेटको अतिरिक्त समय खेलेका थिए ।९० मिनेटको खेलमा सेनेगलका लागि हबिब दियाल्लो र आइभरी कोष्टका कागी फ्रयांक

 

 

 

कस्सिएले एक एक गोल गरेका थिए ।३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आइभरी कोष्टले सेनेगललाई ५-४ ले पराजित गरेको थियो ।अब क्वाटरफाइनलमा पुगेको आइभरी कोष्टले माली र बुर्किना फासोबीचको विजेतासँग खेल्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१