
काठमाडौँ । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले इन्टर मियामीलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक एक गोल गरेका थिए ।त्यसैगरी इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेसी र डेभिड रुइजले एक एक गोल गरेका थिए ।हाल साउदी भ्रमणमा रहेको इन्टर मियामीले अब फेब्रुअरी १ मा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरसँग खेल्ने तालिका रहेको छ ।