देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

काठमाडौं। आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ ।  गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

 

 

अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न सकिरहेको छैन । राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कही आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो । सीजीले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रुपले जनाएको छ ।

 

 

देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको वरुण चौधरीको भनाइ छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा सन्तोष लागेको उनले बताए । नेपालमा द्रूत गतिमा लगानी विस्तार गरिरहेको बताउँदै उनले त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सीजी ग्रुपले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा जोड दिएको छ ।

 

 

सीजी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको जनाएको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यू टेक्नोलोजीसम्ममा तीव्र गतिमा लगानी विस्तार गरिरहेको ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए । ‘नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्‍याउन चाहन्छौँ’, उनले भने, ‘हाम्रो ग्रुप एक सय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ र हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्ने विश्वास छ ।’

 

नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।करदाताको रुपमा व्यवसायमार्फत भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको ग्रुपको भनाइ छ ।यो दुविधालाई अन्त्य गर्न र आपूmले राजश्वमा गरेको योगदानलाई आम जनमानसका बीच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ’, ग्रुपले भनेको छ ।

 

 

साथै, व्यवसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पु¥याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि ग्रुपले सरकारको ध्यानाकर्षण गराएको छ ।

 

यसैबीच विनोद चौधरीका विषयमा बाह्यजगत्मा यसरी चर्चा हुँदै आएको छ :

– विनोद चौधरी सीजी कर्प ग्लोबलका अध्यक्ष र नेपालका एक मात्र डलर अर्बपति हुन् ।
– उनको सबैभन्दा ठूलो आम्दानीको स्रोत नेपालको नबिल बैंक, होटल र सीजी फुडअन्तर्गतको लोकप्रिय चाउचाउ वाइवाइ हो ।
– वाइवाइको कारखाना भारत, सर्विया र बंगलादेशमा पनि छ । इजिप्टमा निर्माणाधीन छ ।

– उनको सीजी होटलले भारतको चर्चित ब्रान्ड ताजको चेनका साथै विश्वभरका १४३ विलासी होटलको नेतृत्व र व्यवस्थापन सम्हाल्छ ।

– उनका छोरा निर्वाण नेपालबाट व्यवसाय सम्हाल्छन् । राहुल र वरुण नेपाल बाहिरबाट विनोदलाई सघाउँछन् ।

 

 

विश्वविख्यात अमेरिकी म्यागेजिन फोब्र्सले सन् २०२३ को संस्करणमा विनोद चौधरीबारे लेखेको ‘इन्ट्रो’ हो यो ।बुबाले शुरु गरेको व्यवसायलाई विस्तार गरेर विश्वका धनाढ्यको सूचीमा पर्ने चौधरी एक्ला नेपाली हुन् । उद्योग व्यवसायबाट आफ्नो नाम उचाइमा पु¥याउने पनि सम्भवतः चौधरी पहिलो नेपाली हुन् । उनको चर्चित वाइवाइदेखि सेवामूलक उद्योगका साथै सयौँ उद्योग व्यवसायमा लगानी छ, जसले उनलाई अर्बपति बनाएको छ । केही उद्योगमा भने सीजी ग्रुपले अझै मिहिनेत गर्नुपर्ने खाँचो देखिएको छ ।

 

२०७८ साल जेठमा सेवा सुुरु गरिएको सीजी नेटको विस्तार अन्य कम्पनीसँग प्रतिस्पर्धा चलिरहेको छ । ठूलो व्यावसायिक घरानाले चलाउँदासमेत साढे दुई वर्षमा सीजी नेट काठमाडौँ उपत्यका र बाहिरका सीमित शहरबाट टाढा पुग्न सकेको छैन । सीजी नेट काठमाडौँ उपत्यकाका तीनसहित देशभरका १९ वटा शहरमा मात्रै हाल उपलब्ध छ । आम उपभोक्ताको विश्वास जितेको सीजी नेटको माग देशैभरिबाट भइरहेको छ ।

 

 

 

यस्तै, पाल्पा र नवलपरासीमा सीजी सिमेन्टका उद्योग छन् । पाल्पाको चाहिँ नेपालको ठूलो सिमेन्ट उद्योगमध्ये एक हो । यसको वार्षिक उत्पादन क्षमता १५ लाख टन छ । उद्योगले वर्षमा १३ लाख टन कंक्रिट उत्पादन गर्न सक्छ ।सीजी सिमेन्टले श्रीलंकामा उद्योग खोल्ने तयारीसमेत गरेको छ । दुई ठाउँ उद्योग र नेपालको नम्बर एक व्यावसायिक घराना भए पनि सीजी सिमेन्टको बजार भने एक नम्बरमा छैन । गतवर्ष भदौदेखि सीजी सिमेन्ट भारतीय बजारमा निर्यात हुन थालेको छ । यद्यपि सीजीले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी गरेको छ । यसले नेपालका साथै भारतीय बजारमा सीजी सिमेन्टको उपस्थिति बढाउने अपेक्षा गरिएको छ ।

 

यस्तै, २०७५ पुस १३ गते १ करोड चुक्ता पुँजीसहित नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रूपमा सीजी पेले अनुमति पाएको थियो । त्यसको एक वर्षअघि मात्रै खुलेका आईएमई पे, ई–सेवाजस्ता भुक्तानी प्रदायकको दबदबालाई सीजी पे–ले चुनौती दिँदै गएको छ । सीजी ग्रुपका थुप्रै कम्पनीले विश्वबजार तताएका छन् । सीजी कर्प ग्लोबलअन्तर्गत २०२ कम्पनीका २६१ भन्दा बढी ब्रान्ड बजारमा छन् । सीजी कर्प ग्लोबलका कार्यालय नेपालका साथै विश्व अर्थतन्त्रका बलिया देश भारत, चीन, अमेरिका, सिंगापुर, यूएईजस्ता देशमा फैलिएका छन् ।

 

 

चौधरीको अध्यक्षतामा चलेको सीजी फुड्स विश्वभर पुगेको छ । वाइवाइ नेपालको नम्बर १ नुडल्स ब्रान्ड हो । भारतमा तेस्रो धेरै बिक्री हुने नुडल्समा वाइवाई पर्छ । ४० भन्दा बढी देशमा वाइवाई वार्षिक दुई अर्ब ८० करोडभन्दा बढी प्याकेट बिक्री हुन्छ । सीजी फुड्सले भारतका सात स्थानबाट उत्पादन तथा बिक्री–वितरण गर्छ । सीजी फुड्सको सर्बिया, काजकिस्तान, बंगलादेश, इजिप्टलगायत देशमा प्लान्ट नै छन् । सीजी फुड्समार्फत वाइवाई मात्रै २० भन्दा बढी स्वादमा उत्पादन भइरहेको छ ।

 

 

सीजी वेभरेजका विभिन्न उत्पादन पनि नेपाली बजारमा लोकप्रिय छन् । सीजी ब्रुअरीका नेपाल आइस, मुस्ताङजस्ता बियर नेपाली बजारमा निकै रुचाइएका छन् । सीजी हस्पिटालिटीले विश्वभर १४० ‘लक्जरी’ होटलको नेतृत्व र व्यवस्थापन गर्छ ।वित्त कम्पनीतर्फ सीजीको मुख्य लगानी रहेको नबिल बैंक नेपालमा सबै सूचकांकका हिसाबले अब्बल मानिन्छ । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड पनि वित्तीय सूचकमा बलियो छ । नबिल बैंकको ‘सब्सिडरी’कम्पनीका रूपमा भर्खरै नबिल सेक्युरिटिजले काम शुरु गरेको छ ।

 

 

सीजी इन्फ्रा, सीजी डेभलपर्स, सीजी प्याकेजिङअन्तर्गतका विभिन्न उत्पादन चलेका छन् । सीजी इलेक्ट्रोनिक्स मातहतका एलजी, सीजी, बेको, सनसाइ, गोदरेज एप्लाइन्सेस, टीसीएललगायत सामग्री नेपालमा रुचाइएका ब्रान्ड हुन् । सीजी एजुकेसनअन्तर्गतका निनोस प्रि स्कुल, चाँदबाग स्कुल, दिल्ली पब्लिक स्कुल र क्याम्पियन स्कुल तथा कलेज नेपालका अब्बल शिक्षण संस्थामा पर्छन् ।हाउजिङमा समेत सीजी ब्रान्ड लोकप्रिय छ । पछिल्लो समय छोटो समयमै सीजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा विद्युतीय गाडीले पनि नेपालमा राम्रो बजार लिएको छ ।सीजी ग्रुपले गरेको चौतर्फी लगानीबाट स्वदेशी सामान ढुक्कसँग प्रयोग गर्न पाएकोमा उपभोक्ताहरु ढुक्क छन् । उनीहरुले सीजी ग्रुपले आगामी दिनमा आफ्ना उत्पादनहरुलाई झनै बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौँ,  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ ।सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

मुस्ताङ,   हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम¬) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९