काठमाडौं। सम्भवतः आज राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दैँछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १७ गते राष्ट्रिय समन्वय परिषद् बैठक बोलाएका हुन । सो समन्वय परिषद्को बैठकमा ‘प्रदेश प्रहरी समायोजन’ मुख्य अजेन्डामा छलफल हुने बुझिएकाे छ ।नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्नेबारेमा ५ वटा विषयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु सहमत भए पछि प्रधानमन्त्री प्रचण्डले समन्वय समितिको बैठक बोलाएकाे स्राेतले बतायाे ।
प्रदेशमा प्रहरी समायोजनका लागि दुई वटा ऐनमा समस्या देखिए पछि साे ऐनलाइ संशोधन र सुधार गर्न गृह मन्त्री श्रेष्ठ र सातै प्रदेशका मन्त्रीहरु सहमत भए पछि त्यसलाई टुंगो लगाउने परिषदकाे बैठक बाेलाइएकाे हाे ।सो समन्वय परिषदमा मुख्यमन्त्रीहरु र उपप्रधान एवं गृहमन्त्री सदस्य रहेका छन हुन्छन् ।






























































































































































