दक्षिण अफ्रिका र माली अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।दक्षिण अफ्रिकाको जितमा एभिडेन्स माकगोपा र टेबोहो मोकेएनाले एक एक गोल गरेका थिए ।त्यस्तै यस खेलमा खेलको ९४औं मिनेटमा मोरक्कोका सोफयान अमराबतले रातो कार्ड पाएका थिए ।

 

 

 

यस खेलमा खेलको ८५औं मिनेटमा मोरक्कोले पाएको पेनाल्टीअचर्फ हाकिमीले बारमा हानेपछि मोरक्कोले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।    त्यस्तै गएराती नै सम्पन्न खेलमा मालीले ब्रुकिना फासोलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।अब क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले केप भर्डेको सामना गर्ने छ भने मालीले आइभरी कोष्टको सामना गर्ने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१