कर्णालीसँग एपीएफ पराजित, फाइनलमा पुग्न असफल

काठमाडौँ। एपीएफ क्लब पीएम कपको फाइनलमा पुग्न असफल भएको छ । बुधबार टियु मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनले पराजित भएसँगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको हो ।कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछाएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १८५ रन बनाएको हो । यसअघि कर्णालीले पहिला ब्याटिंग गर्दै ४४.१ ओभरमा २०६ रन बनाएर अल आउट भएको थियो ।

 

योसँगै डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब ९ खेलमा १० अंक हासिल गर्दै अंकतालिकामा पाँचौं स्थानमा रहेको छ र फाइनलमा पुग्न असफल भएको छ । त्यस्तै यो जितसंगै कर्णालीले ९ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१