ओसासुनामाथि बार्सिलोनाको जित

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओससुनालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो।बार्सिलोनाको जितमा भिटोर रकीले खेलको ६३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।यो जितपछि बार्सिलोनाको २२ खेलमा ४७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ।त्यसैगरी ओसासुनाको २२ खेलमा ३६ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१