
काठमाडौं। इरान जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी गरेपछि यो खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा थप कुनै गोल नभएपछि खेल बराबरी भयो र खेलको निर्णय पेनाल्टी
सुटआउटमा भएको थियो। पेनाल्टी सुटआउटमा इरानले ५-३ ले खेल जितेको थियो।यस खेलमा खेलको ९१औ मिनेटमा इरानका मेहदी तारेमीले रातो कार्ड पाएका थिए।अब जितपछि क्वाटरफाइनलमा इरानले जापानको सामना गर्ने छ। त्यस्तै यो हारपछि सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।