शुक्रबार, भदौ २७, २०८२

नेपाल सुन चाँदी व्यवसायी संघ रौतहटको विकल्पमा किन दर्ता भयो अर्को संघ ?

 

रौतहट । रौतहटमा सुन चाँदी व्यवसायीहरुले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहट गठन गरेका छन् । माउ संघले साना व्यवसायिहरुको कहिल्यै वास्ता नगरेको तथा केन्द्रबाट पाइने सुविधाबाट बञ्चित गरेको भन्दै रौतहटमा सुन चाँदीका साना व्यवसायीहरुले विकल्प खोजेका हुन् ।यहाँका व्यवसायीहरु जिल्ला प्रसाशन कार्यालय रौतहटमा नेपाल सुन चाँदी रत्न आभूषण व्यवसायी संघ विधिवत रूपमा दर्ता गरी जिल्लाको मध्यभाग गरुडामा पहिलो साधारणसभा तथा अधिवेशन सम्पन गरेका छन्।

 

 

 

बुधवार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनबाट उमेश प्रसाद साहको अध्यक्षतामा १३ सदस्यीय नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ रौतहट चयन गरिएको छ।  संघको प्रथम बरिष्ठ उपाध्यक्षमा सन्नी कुमार सर्राफ, द्वितीय उपाध्यक्षमा शिवम कुमार सोनी, महासचिवमा रामवरण कुमार सोनी, सचिव तथा प्रवक्तामा चन्दन सागर, कोषाध्यक्षमा मिना देवी, सल्लाहाकारमा कृष्ण कुमार साह, गान्धि साह सर्वसहमतिमा चयन भएका हुन् ।

 

 

 

यस्तै सदस्यहरुमा सचिन्द्र साह सोनार, शान्ति देवी, उमेश साह सोनार, शिवशंकर साह, अनिता कुमारी, दिपक कुमार साह निर्वाचित भएका छन् ।  दुईजना सदस्य भने समितिको अर्को बैठकले मनोनित गर्ने जनाईएको छ ।संघका अध्यक्ष उमेश प्रसाद साहका अनुसार रौतहटमा सुनचाँदी व्यवसायीको माउ संस्था गठन भएदेखि नै गर्दै आएको बवास्ताका कारण एक दशकपछि अर्को संघ गठन गर्न बाध्य भएको बताए । जिल्लामा २०७० सालमा पहिलोपटक संघ दर्ता हुँदा आफू सचिव रहेको उनले बताए ।

 

 

 

सुनचाँदी व्यवसायी संघ दर्ता भएको जिल्लामा केन्द्र अर्थात महासंघले (सहुलियत) राष्ट्र बैँकले तोकेको दरभाउमा माग तथा आयातको आधारमा मासिक १ देखि ५ किलोग्रामसम्म सुन दिने गर्दछ। बजार भाउभन्दा ३ देखि ५ हजार प्रतितोला सस्तो हुने उक्त सुन संघमा दर्ता भएका सबै व्यापारीलाई कारोबारको मूल्याङ्कन गर्दै दामासाही अनुसार वितरण गर्नुपर्ने महासंघले व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार जिल्लाको संघले कहिलै सुन वितरण नगरेकाे आराेप छ ।

 

 

 

पछिल्लो १० वर्ष देखि बहालवाला अध्यक्षकै हालिमुहालीका दुईचार जना व्यापारीले उक्त सुविधा लिँदैआएको वैकल्पिक नवगठित संघका अध्यक्ष उमेश प्रसाद साहले बताए । त्यतिमात्र नभई नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटमा तीन तीनजना वरिष्ठ उपाध्यक्षलाई पाखा लगाउँदै पावर पहुँचको भरमा साधारण सदस्य समेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाएको कारण अर्को संघ गठन गर्न बाध्य भएको उनले बताए ।

 

 

 

सदरमुकाम गौर, गरुडा, चन्द्रपुर , कटहरिया लगायत जिल्लाभरिका झण्डै १५० मध्ये १२५ ब्यवसायी आफूहरुको साथ रहेको नवगठित  नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहटका महासचिव रामवरण साह सोनारले बताएका छन् । नेपाल सुन चाँदी व्यवसायी संघका पूर्वअध्यक्ष प्रकाश गहतराजले आरोपहरुको खण्डन गर्दै प्रजातान्त्रीक अभ्यास अनुसार अर्को संघ दर्ता गर्ने ब्यापारीको अधिकार भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१