आल्भेजमाथि बार्सिलोना ३-१ ले विजयी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक एक गोल गरेका थिए ।

 

 

त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए ।यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औं मिनेटमा मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।यो जितपछि बार्सिलोनाको २३ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

 

 

त्यसैगरी आल्भेजको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औ स्थानमा छ ।त्यस्तै गएराती सम्पन्न अर्को खेलमा जिरोना रियल सोसियडाडसँग गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो बराबरीपछि जिरोना २३ खेलमा ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको भने २३ खेलमा ३७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१