शुक्रबार, भदौ २७, २०८२

गोवाले हिमाल हेर्न त्यहाँका पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमति

काठमाडौं । भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले गाेवा सरकारसँग ‘समुन्द्र देखी हिमालसम्म’को पर्यटन साझेदारीको प्रस्ताव गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो ।

 

भारत भ्रमणको क्रममा गोवाका पर्यटनमन्त्री रोहन खाउन्टेसँगको भेटघाटका क्रममा सो प्रस्ताव राखिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । ‘पर्यटन विकासका लागि  समुन्द्र देखी हिमालसम्मको पर्यटन साझेदारी हुनुपर्छ अनि मात्र दुवै देशको पर्यटन क्षेत्रमा विकास हुनेछ भनेर हामीले प्रस्ताव राखेको छौं,’ सभापति यादवले भने । उनका अनुसार नेपाली सांसदको टोलीले राखेको सो प्रस्तावमा गोवा सरकार सकारात्मक रहेको र यसका लागि चाँडै नै प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

सो भेटघाटमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको हिमाल हेर्न आउने पर्यटकलाई नेपालले समुन्द्र हेर्न गोवा पठाउने र समुन्द्र हेर्न आउने पर्यटकलाई भारतले हिमाल हेर्नका लागि नेपाल पठाउने समझदारी बनेको हो । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत चाँडै प्रक्रिया सुरु गर्न पनि दुवै पक्ष सहमत भएको सभापति यादवले जानकारी दिए ।

 

हिमालदेखि समुन्द्रसम्मको पर्यटकीय सम्बन्ध स्थापित गर्नका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित गर्नुपर्ने नेपाली सांसदको प्रस्तावमा पनि मन्त्री रोशन खाउन्टे सहमत भएको छन ।  ‘यो धेरै नै राम्रो कन्सेप्ट हो, यसका लागि म तयार छु, तपाईंहरुको तर्फबाट गर्नुपर्ने कार्य अगाडि बढाउनुस्, हामीले हाम्रो तर्फबाट हुने कार्यलाई पनि अगाडि बढाउँछौँ,’ मन्त्री खाउन्टेले नेपालको प्रस्ताव पछि प्रतिबद्दता जनाउँदै भने ।

भारतको दक्षिणी राज्य गोवामा १५ लाख मात्र जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गरी मन्त्री खाउन्टेले जानकारी गराएका छन् । जस अनुसार त्यहाँ आउने र गोवाका बासिन्दालाई हिमाल देखाउनका लागि नेपालतिर पठाउने बारेमा पनि मन्त्री र नेपाली सांसदको प्रतिनिधिमण्डलसँग अनौपचारिक सहमति भएको नेपाली सांसदहरुले जनाएका छन् ।

 

‘हिमाल हेर्न आउने पर्यटकलाई समुन्द्र हेर्न मन छ भने उनीहरूलाई गोवा पठाइ दिनुपर्छ, त्यसका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित हुनुपर्नेमा दुवै पक्ष सहमत भएका छौं र अब यसलाई औपचारिकता दिनका लागि समितिबाट प्रक्रिया अगाडि बढाइनेछौं,’ सभापति यादवले भने ।सो अघि भएको भेटमा भारतीय विदेश मन्त्री एस. जयशंकरले पनि दुई देश बिच आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटन सम्बन्धलाई कसरी माथि उठाउन सकिन्छ ? भन्ने विषयमा नेपाली सांसदहरुको टोलीले कुराकानी गरेको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१