युभेन्टस इन्टर मिलानसँग पराजित

काठमाडौँ । इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ ।गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।इन्टर मिलानको जितमा खेलको ३७औं मिनेटमा युभेन्टसका फेडेरिको गट्टीले गरेको आत्मघाती गोल नि खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि इन्टर मिलानको २२ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।त्यसैगरी युभेन्टसको भने २३ खेलमा ५३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१