क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ। कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् ।टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका ओपनर भुर्तेलले शानदार ब्याटिंग गर्दै ४४ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यसक्रममा उनले ८ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो ।यो समाचार तयार गरुन्जेलसम्म नेपालले १६ ओभरमा २ विकेट गुमाएर ८० रन बनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१