लिभरकुसेनसँग हार्‍यो बायर्न म्युनिख

काठमाडौं । जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसेनले बायर्न म्युनिखमाथि जित हासिल गरेको छ।गएराती सम्पन्न खेलमा लिभरकुसेनले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो। लिभरकुसेनको जितमा जोसिप स्टानिसिक, एलेक्स ग्रिनाल्डो र जेरेमी फ्रिमपोंगले एक एक गोल गरेका थिए।यो लिभरकुसेनको लिगमा १७औं जित हो। यस सिजनमा अपराजित रहेको लिभरकुसेनको २१ खेलमा ५५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी बायर्नको भने २१ खेलमा ५० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१