कालिन्चोक दर्शनको नाफा ६.४० प्रतिशतले बढ्यो, यस्ताे छ अवस्था

काठमाडौं। कालिन्चोक दर्शनले नाफा कमाएको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.४० प्रतिशतले बढेको छ अर्थात ६४ लाख ३४ हजार रुपैयाँ पुगेको हो। गत वर्षको यसैअवधिमा यस कम्पनीले ६० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

 

एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३५.३७ प्रतिशतले बढेर ३ करोड ३० लख ८३ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा ७१.८४ प्रतिशतले बढेर  १ करोड ३७ लाख ३० हजार रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ८६ पैसा छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१