काठमाडौँ। नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन् । पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए ।सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ ।तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।

घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...

























































































































































