युनाइटेड इदी मर्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ। युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आजअन्तिम दिन रहेकाले आजै लाभांश हात पार्न सेयरधनी बनिसक्नुपर्नेछ ।युनाइटेड इदी मर्दीले शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि यसले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ ।उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१