सशस्त्र प्रहरी बलका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेपछि …

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन्। स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो। स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।

 

 

केसीलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एक अधिकृतले बताए। केसी पोखरास्थित ४ नम्बर बाहिनीमा कार्यरत् रहेको बुझिएको छ।‘महिलाले जाहेरी दिएपछि केसीलाई अनुसन्धान सिलसिलामा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने।

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१