सुनको भाउ बढ्दा चाँदीकाे घट्यो

काठमाडौ। नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ ।त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।

 

 

यसअघि, आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१