प्रदेशसभाबाट पारित भएको शीर्षकभन्दा बाहिर गएर आर्थिक मामिलाको सहमति, प्रदेश अस्पताललाई प्रतिष्ठान’ बनाउने विषयमा दुई मन्त्रालयले असहमति

 

सुर्खेत ।  बजेट ल्याउदा आफैँले पढेको बुदासँगै प्रदेशसभाबाट पारित भएको सीमाभन्दा बाहिर गएर आर्थिक मामिला तथा योजना मन्त्रालयले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउन खोज्दा बिबाद भएको हो । कांग्रेस निकट मन्त्रीहरु रहेको मन्त्रालयबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने ऐनमा सहमति दिए पनि माओवादीले पाएको मन्त्रालयबाट सहमति नपाउँदा काम रोखिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बजेट वक्तव्यको ७९ नम्बर बुँदा बढदै प्रदेशसभामा भनेका थिए ,‘संघीय सरकारको समन्वयमा प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पतालको रूपमा विकास गर्न आवश्यक कानुन तर्जुमा गर्ने व्यवस्था मिलाएको छु ।’ तर, तिनै मन्त्री सिंहले अहिले सामाजिक विकास मन्त्रालयले  प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने भन्दै आफैँले पढेको बजेट वक्तव्यको विपरीत सहमति दिँदा समस्य भएको छ ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउनका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति मागेअनुसार दिएपनि कानुनी राय माग गरिएकोमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहमति दिन सकेको छैन । बजेट वक्तव्यभन्दा बाहिर गएर सहमति माग्दा कानुनी अड्चन आउने भए पनि कानुन मन्त्रालयले सहमति नदिएर राखेको छ । उसो त कर्णालीको जुम्लामा यो भन्दा अगाडी नै तत्कालिन संसद नरेश भण्डारीको पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान सञ्चालनमा रहेको छ । जुम्लामा प्रतिष्ठान हुँदा हुँदै प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने गृहकार्य अघि बढाउदा थप बिबाद बढेको छ  ।  अहिले कर्णालीमा सामाजिक विकासम मनत्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

उता माओवादीको भागमा परेको कानुन मन्त्रालयले आम सञ्चार प्रतिष्ठान गठन गर्न खोजे पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले साथ नदिँदा सो कार्य रोखिएको छ । कानुन कृष्णबहादुर जिसी भन्छन्, ‘हामीले आम सञ्चारको विषय एउटा समितिको रूपमा मन्त्रालयभित्रै काम गर्ने गरी सहमति गरेर अर्थमा पठाएका थियौँ । दोस्रो पटक मन्त्रीस्तरीय निर्णय गरेर सहमति पठायौँ, मन्त्रीस्तरीय निर्णय गरेर पठाउनुपर्नेमा एउटा शाखा अधिकृतले नै फिर्ता पठाइदियो । कानुनको ठाडो उल्लङ्घन कर्मचारीहरूले नै गरे ।’

 

यता अर्थमन्त्री बेदराज सिंह भने दुवै विषय छलफलको चरणमा रहेको बताउँछन् । यद्यपि यी दुवै विषयको गृहकार्य थालनी भएको लामो समय बितिसक्यो । ‘आम सञ्चार पनि अगाडि बढ्छ, केही प्रक्रियाका कुरामा समस्या भएको हो,’ उनी भन्छन् । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का भने जसरी हुन्छ प्रदेश अस्पताललाई आफ्नै कार्यकालमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न चाहाना रहेको छ । सरकारले प्रदेश अस्पताललाई १ सय ५० शय्याको दरबन्दी स्वीकृत गरेको छ ।

भौतिक पूर्वाधारका हिसाबले पनि उत्कृष्ट रहेको भन्दै निर्देशक खड्काले यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने बताए ।  सामाजिक विकास मन्त्रालयका सचिव  डा. भोजराज शर्मा काफ्लेले स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन बनाउनका लागि अर्थ र कानुन मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरेको थियो । अर्थबाट राय आइसके पनि कानुन मन्त्रालयमा फाइल रोकिएकोे बताएका छन्  ।

 

उनी भन्छन्, ‘कानुनमा रोकिएको छ, हामीले आवश्यक भएको, विशेषज्ञ डाक्टरहरू पनि भएको, खर्च पनि नलाग्ने, विशेषज्ञ डाक्टरहरू उत्पादन गर्न सकिने लगायतका कुरा राखेर राय माग गरेका थियौँ । ३÷४ महिना पहिला उक्त राय मागपत्र पठाइएको हो । एक पटक गर्न नसकिने भन्ने ब्यहोराको पत्र आएको थियो । ’ अहिलेका निर्देशक डा. खड्काको कार्यकाल सकिन लागेको र प्रतिष्ठान बनेको खण्डमा उनलाई नै उपकुलपति (भीसी) बनाउन कांग्रेसले जोडबल गर्ने निश्चित छ । निर्देशक खड्का कांग्रेस उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका आफ्नै भाइ हुन् ।

 

उत्ता कानुन मन्त्री जिसी भन्छन्, ‘प्रतिष्ठान बनाउन नसकिने भन्ने होइन, बजेट वक्तव्यमा शिक्षण अस्पताल बनाउने कुरा आएको छ, कानुन मन्त्रालयले रोकेको हैन नि ! बजेटमा आएको कुरा त संसद्ले पारित गरेको कुरा हो, बरु अर्थ मन्त्रालयले आफ्नै कानुन उल्लङ्घन गरेर सहमति दिएको छ । आफैँले ल्याएको बजेटको बुँदालाई क्रस गरेर अनुमति दिइएको छ ।’  प्रतिष्ठान बनाउने कुरा बजेटमा कतै उल्लेख छैन । अर्थमन्त्री बेदराज सिंह यावत् प्रश्न उठिरहेकाले छलफलकै चरणका रहेको बताउँछन् । प्रदेश अस्पतालको विषयमा यसअघि पनि विभिन्न निर्णय भएका छन् । २०७६ मै प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालनका लागि निर्णय भएका छन् ।

 

बजेट वक्तव्यमा पनि शिक्षण अस्पताल बनाउने कुरा उल्लेख भएको र तत्कालीन अवस्थामा पनि शिक्षण अस्पतालकै विषयमा विभिन्न निर्णय हुँदा प्रतिष्ठान बनाउने विषय पेचिलो बनेको छ । प्रतिष्ठान बनाउन आवश्यक कानुन निर्माणको काम कानुन मन्त्रालयको हो भने संरचना निर्माणका लागि सहमति दिने काम अर्थ मन्त्रालयको हो । अघिल्लो पटक प्रदेशसभामा गइसकेको आम सञ्चार प्रतिष्ठान गठनको विषय अर्थ मन्त्रालयले रोकिदिएपछि कानुन मन्त्रालयले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय रोकिदिएको हो ।

 

 

अर्थ मन्त्रालयको नेतृत्व कांग्रेसका बेदराज सिंहले सम्हालेका छन् भने कानुन मन्त्रालयको नेतृत्व माओवादीले सम्हालेको छ । यस्तै प्रतिष्ठानको प्रस्ताव ल्याउने सामाजिक विकास मन्त्रालय पनि कांग्रेसका खड्ग पोखरेलले सम्हालेका छन् । अघिल्लो कांग्रेस निकाट मुख्यमन्त्री जीवनबहादुर शाहीले सिञ्जा सभ्याता बिद्येक समेत प्रदेशसभामा रोखिदिएका थिए । जो प्रस्ताव जुम्लाका प्रदेशसभा सदस्य नरेश भण्डारीको थियो । आफू भीसी हुनकै लागि तपाईंले प्रतिष्ठान बनाउने विषय अघि सार्नुभएको हो ? भन्ने प्रश्नमा खड्काले त्यस्तो नरहेको दाबी गरे । ‘मै हुनुपर्छ भन्ने छैन, अरू भए पनि हुन्छ तर अस्पताललाई प्रतिष्ठान बनाउनुपर्छ,’ खड्काले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा निर्वाचित

काँक्रेविहार (सुर्खेत),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गर्नुभयो । यहाँ नेकपा (एमाले)...

हुम्लामा कांग्रेसका रोकाया अग्रस्थानमा

सिमकोट (हुम्ला),  हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो । उहाँका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याउनुभएको...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा निर्वाचित

काँक्रेविहार (सुर्खेत),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गर्नुभयो । यहाँ नेकपा (एमाले)...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९