प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने

काठमाडौँ । प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने भएका छन् ।क्लब व्यवस्थापनसँगको समझदारीमा टुचेलले यस सिजनको अन्त्यसम्म मात्र बायर्न म्युनिखको प्रशिक्षकको भूमिका निभाउने समझदारी भएको स्काई जर्मनीले जनाएको छ ।मिडिया रिपोर्टका अनुसार केहि दिनमा नै बायर्नले यसको औपचारिक घोषणा गर्ने बताइएको छ ।

 

 

 

बायर्न म्युनिखले पछिल्ला तीन खेलमा लगातार हार बेहोरेपछि प्रशिक्षक टुचेलमाथि पद छोड्ने दबाब बढेको थियो । बायर्न म्युनिखले टुचेललाई बर्खास्त गर्ने हल्लाका बीच उनलाई सिजनको अन्त्यसम्म राख्ने सहमति भएको हो ।बायर्न म्युनिख अहिले बुण्डेसलिगामा शिर्ष स्थानमा रहेको लिभरकुसेनभन्दा ८ अंकले पछाडी रहेको छ । लिभरकुसन २२ खेलमा अपराजित रहदै ५८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने बायर्नको २२ खेलमा ५० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

 

 

टुचेल २०२३ को मर्छ २४ मा बायर्न म्युनिखको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा बायर्नले अहिलेसम्म ४४ खेल खेलेको छ भने २८ जित र ११ खेलमा हार बेहोरेको छ ।मिडिया रिपोर्टका अनुसार बायर्न म्युनिखले टुचेलसँगको समझदारीपछि लिभरकुसेनका प्रशिक्षक जाबी अलोन्सो र लिभरपुलका जर्गेन क्लोपलाई  भित्र्याउने प्रयास गरेको बताइएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९