सुख्खड । राष्ट्रिय युवा संघ नेपाल सुदुरपश्चिम प्रदेश कमिटि सदस्य कपेन्द्र रावल (कमल) ले नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
रावलले लम्किचुहा नगरपालिका भुगाेल तर्फकाे खुल्ला सदस्य बाट जिल्ला सदस्यमा प्रतिनिधित्व हुने गरेर उम्मेदवारि दर्ता गरेका हुन ।
रावल उम्मेदवार रहेको लम्किचुहा नगरपालिका भुगाेल खुल्ला बाट जिल्ला सदस्यमा पाच जना निर्वाचित हुनेछन् । रावल लम्किचुहा नगर क्षेत्रका परिचित व्यवसायि संगै खेल क्षेत्रमा सक्रिय युवा समेत हुन । रावल बिगत लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहदै आएका छन ।
रावलका अनुसार उनको जिल्ला सदस्यमा उम्मेदवारी पार्टी भित्र पछिल्लो समय माैलाउदै गुटगत प्रब्रितकाे अन्त्य र युवा हरुमा राजनीतिक आकृषण वृद्धि गराउनु रहेको कुरा हामी संगकाे संक्षिप्त कुराकानिमा बताए ।
फागुन ६ गते बाट सुख्खडमा जारि नेकपा एमाले कैलालीकाे ९ औं जिल्ला अधिबेशनमा भाेलि निर्वाचन बाट सम्पूर्ण पदहरुकाे टुङ्गो लाग्नेछ । याे खबर तयार पार्दा सम्म जिल्ला अध्यक्षमा डेजि पाण्डे , दुर्गा जाेशि र यज्ञ ढुङ्गानाकाे उम्मेदवारि कायम रहेको छ ।


































































































































































