क्यान इन्फोटक सुनसरीको हरिबिजोग, ६५ मध्ये ४४ स्टल खाली

सुनसरी ।बढाे ताम झामका साथ बिहीबार देखि सुरु भएको क्यान इनफाेटेक सुनसरी पहिलो दिन नै आन्तरिक अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ ।क्यान सुनसरी भित्रै जुँगाको लडाइ चल्दा र अहिलेको नेतृत्वकर्ता माथि प्रश्न उठाउँदै सदस्यहरू रुष्ट बनेपछि यो वर्ष लगाइएको क्यान इन्फाेटेक सुनसरी २०२४ असफलता तर्फ धकेलिएको हो । ६५ वटा स्टल राखिएको क्यान इन्फाेटेक २०२४ मा २१ वटा बाहेक सबै स्टल खाली देखिएका छन् ।परिवारका सदस्य र आफन्त भेला गरेर आयोजना गरेको क्यान इन्फाेटेककाे कोशी प्रदेश सामाजिक विकाश मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले अगाडीकाे कुर्सी सबै खालि देखेपछि मन्तव्य २ मिनेटमै सिद्ध्याए । त्यति मात्र हैन मन्त्री कार्कीले स्टलहरूको पनि अवलोकन गरेका थिए ।

अवलोकनको क्रममा अधिकांश स्टलहरू खाली देखेपछि आयोजकलाई मन्त्री कार्कीले स्टल किन खाली भनेर प्रश्न गरेका थिए । कार्यक्रमको शुभारम्भमै वरियता बिगारेर उपेक्षा गरेपछि इटहरी उपमहानगरका मेयर हेम कर्ण पौडेल कार्यक्रम स्थलबाट मन्तव्य नै नराखी हतारमा निस्किएका थिए ।५ दिन सम्म चल्ने क्यान मेलामा १ लाख आन्तरिक अवलोकनकर्ता भित्र्याउने र ३ करोड सम्मको कारोबार गर्ने लक्ष्य राखिए पनि पहिलो गासमै ढुङ्गा भने बराबर भएको छ । १४० भन्दा बढी सदस्य रहेको क्यान सुनसरीमा सदस्यहरू नै उपस्थित देखिएका थिएनन् ।आयोजक भित्रैका सदस्यहरूले खाली स्टलबारे चित्त नबुझेको भनी गुनासो समेत गरेका थिए । इन्फाेटेकमा नेपाली सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्ने भनिए पनि प्रायजसो स्टलहरूमा एजुकेसन, कन्सल्टेन्सी, हाेटल लगायत अन्य क्षेत्र हावि देखिएका थिए । विभिन्न सामाग्री उपकरणहरू सुपथ मूल्यमा पाउन सकिने भनिएता पनि स्टलमा प्रविधिसँग जोडिएका कुनै सामग्री देखिएका थिएनन् ।कोसी प्रदेश स्तरीय इन्फाेटेक भनिए पनि इटहरीका सीमित कम्प्युटर व्यवसायी र आयोजक आफैले स्टलहरू बुकिङ गरेका थिए ।क्यान सुनसरी इटहरी क्षेत्रका केही कम्प्युटर व्यवसायीहरुको कब्जामा परेपछि धरान, इनरुवा, दुहबी लगायतका सदस्यहरू निस्कृिय रहेका छन् । विगतमा १४० भन्दा बढी सदस्यहरू रहेको क्यान सुनसरी अहिले केही परिवारका १५-२० जनामा सीमित रहेको छ ।२०७२ चैत्र ९ गते क्यान सुनसरी विघटन गरी क्यान महासङ्घ खडा गरेकाे ७ दिन बित्न नपाउँदै धरान क्षेत्रबाट क्यानमा आबद्ध सदस्यहरूले सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाबाट बाहिरिएको घोषणा गरेका थिए ।अनावश्यक कागजी प्रक्रियामा उल्झन पार्दै निर्वाचनमा निषेध गरेपछि रुष्ट हुँदै क्यानबाटै धरान बाहिरिएको थियो ।  हालका नेतृत्वले सदस्यहरूलाई रिझाउन नसक्दा सञ्चालन गरिएको इन्फाेटेक खल्लो हुने सम्भावना देखिएको छ ।इटहरी भित्रै पनि निषेधको राजनीति हुँदा क्यानमा आबद्ध केही व्यवसायीहरू निस्कृिय झैँ बनेका छन् । नेपालमा उत्पादन भएका सूचना प्रविधिको विकास, संरक्षण तथा प्रवर्द्धन गर्ने भनी आयोजना गरिएको यस्ता इन्फाेटेक प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा स्थानीय तथा प्रदेश सरकारको बजेट झ्वाम्म पार्ने बाहेक अरू उपलब्धि केही देखिएको छैन ।विभिन्न समयमा, विभिन्न शीर्षक राखी आयोजना गरिने मेलामा भारी मात्राको छुट भन्दै स्टकमा रहेका पुराना सामग्रीहरू बिक्री गर्ने चाउमिन र मोमो मात्रै राखेर आयोजना गरिने फुड फेस्टिभल,औजार बेगरका कृषि प्रदर्शनी र पर्यटन प्रवर्द्धनको नाममा समाजमा विकृति फैलाउने महोत्सव जस्ताले लामो समयदेखि उपभोक्तालाई गुम्राहामा पार्दै आएका छन् ।यस्ता मेला, महोत्सव तथा प्रदर्शनीमाथि स्थानीय सरकारले बेलैमा नियमन गर्नुपर्ने जरुरी देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ’

काठमाडौँ, अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।‘एक्सेस प्लानेट’द्वारा अनुसन्धान गरिएको ‘किनाराका आवाजहरू : नेपालमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको स्थिति अनुसन्धान’ मा २०० सहभागीमध्ये ९५ जनाले न्यायिक निकायहरूले सहयोगी र...

रुपन्देहीमा करिव रु २३ लाख बराबारको अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९