Baigyanik Media

Advertisement

Skip Ad

‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

काठमाडौं । यसवर्षको प्रतिक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समुहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समुहले यसबारे जानकारी दिदै उक्त फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ ।‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता म्याक्स दीपेश खत्रीले बताए । उनका अनुसार फिल्मका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत उक्त भ्रमणमा हुनेछन ।

 

 

‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुती हुनेछ ।भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

 

 

‘हामीले फिल्मको प्रचारप्रसारका लागि काठमाडौँ झैँ मोफसलमा पनि उत्तिकै गतिविधि गर्ने गरेका छौँ । त्यसैले यसपटक हामीसँगै दर्शक माँझ लोकप्रिय पछिल्लो पुस्ताका कमेडियनलाई लिएर दर्शकलाई भेट्न उहाँकै सहरमा पुग्दैछौँ’, निर्माता खत्रीले भने ।

 

 

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

 

 

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ ।

 

यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले नेपालसँगै फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने बताए ।फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमनकार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

 

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौँ,  नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार...

पाँच दशकपछि भारत फर्किनु भयो शीर्ष नागा विद्रोही नेता मुइवाह

करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित...

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर, सचेत हुन विज्ञको सुझाव

विराटनगर, विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य खोकी र ज्वरो आएपछि नजिकैको फार्मेसीबाट एन्टिबायोटिक किनेर दिनुभयो । दुई दिनमै निको भयो । तर केही हप्ता नबित्दै जब त्यही लक्षण फेरि देखियो, फेरि त्यही औषधि फार्मेसीबाट ल्याएर खुवाउनुभयो, तर पनि असर गरेन...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९