धनगढी। कैलालीमा एक बालिकाको शव फेला परेको छ।गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत फेला परेकी हुन्।उनी आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा सोही झुलामा लट्पटिएर घाटीमा पर्न गएको अवस्थामा फेला परेकी थिइन्। शुक्रबार बिहान ती बालिका मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको जनाएको छ।





























































































































































