जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत लाभांश वितरण नगर्ने निर्णय गरेकोछ । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

 

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा २०७८–७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१