महाधिवेशन पक्षधर नेविसंघ सदस्यहरूको ९ बुँदे अपील

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधर सदस्यहरुले ९ बुँदे अपील जारी गरेका छन् । महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

संयुक्त अपीलको पूर्णपाठ

नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पाज्यूको नियुक्ति भएको डेढ वर्षपछि विस्तार गरिएको ७१० सदस्यीय नेविसंघ केन्दि«य कार्यसमितिको प्रथम बैठकमा सहभागी हुन देशभरबाट पाल्नुभएका सम्पूर्ण केन्द्रीय सदस्य साथीहरुलाई हृदयदेखी नै हार्दिक स्वागत गर्दछौं ।

 

सहकार्य र ऐक्यबद्धताको भावनामा रही राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको सिद्घान्तमा अडिग रही पारदर्शीता, जवाफदेहिता र लोकतान्त्रिक शासनका सिद्धान्तहरूलाई समेत आत्मसात राखी हामी सबै केन्दि«य सदस्यहरु मिलेर यस पललाई विद्यार्थीहरूको हितलाई अगाडि बढाउन, उनीहरूको अधिकारको वकालत गर्ने र हाम्रो राष्ट्रको बृहत्तर सामाजिक–राजनीतिक परिदृश्यमा अर्थपूर्ण रूपमा योगदान गर्ने हाम्रो सामूहिक संकल्पलाई पुनः पुष्टि गर्ने गरी सदुपयोग गर्ने सुअवसरको रुपमा लिएका छौं ।

 

यस बैठकमा सहभागी हुँदै गर्दा आजको केन्दि«य कार्यसमितिले लिने निर्णयले नेपाल विद्यार्थी संघ र समग्र विद्यार्थी आन्दोलनको भविष्यलाई आकार दिने गरी लाखौं विद्यार्थीहरुको भावना प्रतिबिम्बित हुने कुरालाई मनन गरिनुपर्दछ । आजको हाम्रो प्रयासले भोलि बलियो, थप समावेशी र गर्विलो ने.वि. संघको लागि मार्ग प्रशस्त गर्ने छ भनी जान्दै साहस, विश्वास र जिम्मेवारीको गहिरो भावनाका साथ यस बैठकलाई सफल बनाउनु हामी सबै केन्दि«य सदस्यहरुको कर्तव्य रहन्छ ।

 

यी यथार्थता र कर्तव्यलाई जिम्मेवारीबोध गर्दै मिति २०८०÷११÷०७ गतेका दिन जारी गरिएको बैठक सम्बन्धि सुचनामा प्रस्तुत गरिएका १५ बुँदे एजेण्डाहरु राम्रा एवं प्रभावकारी भएतापनि ६ महिना भित्र अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने गरी जिम्मेवारी पाएको यस तदर्थ कार्यसमितिले पटक पटक गरी दुई चोटि म्याद थपगरी २ वर्ष व्यतित गरिसकेको अवस्थामा समेत कुनैपनि ठोस कार्यप्रगती गर्न नसकेको कारण तमाम एजेण्डामा भन्दा पनि ने.वि.संघको १२ औं महाधिवेशन केन्द्रित एजेण्डा तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । एकातर्फ लाखौंको युवा विद्यार्थीहरु देशमा भविष्य नदेखेर विदेशीने क्रम बढ्ढो छ भने अर्कातर्फ युवापुस्तामा राजनीतिमा चासो नराख्ने, पुराना पार्टीप्रति वितृष्णा पैदा आदि भईरहेको यो कठिन समयमा बस्न लागेको ने.वि.संघ केन्दि«य कार्यसमितिको प्रथम बैठकबाट यी निराशा र विद्यार्थी राजनीतिलाई पुर्नताजिकिकरण गर्नका लागि निम्नानुसार एजेण्डामा जोडदार छलफल गरी पारित गरिनुपर्दछ भन्ने हाम्रो बुझाई रहेको छ ।

तपशील

१. ने.वि.संघको १२ औं महाधिवेशन तोकिएको मिति भित्र सम्पन्न गरिनुपर्ने ।

२. केन्दि«य समिति लगाएत मातहतका सम्पूर्ण क्याम्पस समिति, विश्वविद्यालय समिति, जिल्ला समिति प्रदेश समिति, वैदेशिक समन्वय समिति तथा अन्य समितिहरुको निश्चित अवधिमा महाधिवेशन मार्फत नेतृत्व चयन गरिनुपर्ने ।

३. स्वतन्त्र विद्यार्थी युनियनलाई समय सापेक्ष, गतिशिल र नविनता प्रदान गर्न समयानुसार तालिम एवं प्रशिक्षण प्रदान गरिनुपर्ने  ।

४. स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पूर्ण क्याम्पसमा हुने सुनिश्चितता गर्दै समयानुसार नियमित रुपमा सम्पन्न गर्न पहलकदमी चाल्नुपर्ने ।

५. स्ववियु परिषद्को अधिवेशन विधान बमोजिम समयावधि भित्र नै सम्पन्न गरि विधिवत् रुपमा नेतृत्व हस्तान्तरण गरिनुपर्ने  ।

६. स्ववियुको प्रभावकारीताको निम्ति स्ववियु समन्वय समितिको गठन बारे विधानमा उल्लेख गरिनुपर्ने ।

७. नेपाल विद्यार्थी संघमा लामो समयदेखि नेतृत्वदायी भूमिकामा रही कार्यगर्दै आएकाहरुको उचित मुल्याङ्कन गरी कार्यसम्पादन एवं विभिन्न विभाग गठन गरिनुपर्ने ।
८. नेपाल विद्यार्थी संघ केन्दि«य कार्यसमितिको समयावधि÷म्याद सकिएको मितिले बढिमा ६ महिना ननाघ्ने गरी पार्टी नेतृत्वले विधानसम्मत नयाँ कार्यसमिति गठन गरिनुपर्ने ।

९. नेपाल विद्यार्थी संघको सम्पूर्ण गतिविधि तथा निर्णयहरु केन्दि«य कार्यसमिति भित्र पारदर्शी एवं समन्यवकारी भूमीका निर्वाह गरी सञ्चालन गरिनुपर्ने ।

अतः माथि उल्लेखित बुँदाहरु माथि घनिभुतरुपमा छलफल गरी पारित गरिनेछ भनि विश्वास लिँदै नेपाल विद्यार्थी संघप्रति तपाईको समर्पण, जोश र अटल प्रतिबद्धताको लागि धन्यवाद। सँगै, हामी आशावादी, दृढ संकल्प र उद्देश्यको साझा भावनाका साथ हातेमालो गरी यो यात्रासँगै सुरु गरौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९