यस्तो छ कालिमाटीकाे तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, अम्बा १५०, नेपाली सुन्तला १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

 

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३४ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ७०, कागती २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

 

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग २० र रायोको साग ३० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।

 

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, हरियो प्याज ६० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४०, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ।उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१