गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

काठमाडौं । मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ ।

 

वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए। यहाँ दुवैले एक ठाउँबाट अर्को सहर जानका लागि गुगल म्याप प्रयोग गरेका थिए । केही टाढा गए पछि उनीहरुको गाडी जंगलमा हिलोमा फस्न पुग्यो ।

 

सुरुमा दुवैले अस्थायी आश्रय बनाउने प्रयास गरे तर यो योजना सफल हुन नसकेपछि दुवैले त्यहाँबाट पैदलै हिँड्नु नै उचित ठाने । फिलिप र मार्सेलले भने,  ‘हामीले यो यात्रामा जानु अघि गुगल म्याप प्रयोग गर्ने निर्णय गर्यौं किनकी हामीले महसुस गर्यौं कि गुगललाई हामी भन्दा बढी रुटहरू थाहा छ तर गुगल म्यापको भर पर्दा यो यात्रा दुःस्वप्न जस्तै बन्न पुग्यो ।’

 

जंगलबाट बाहिर निस्कन पैदलै खोला पार गर्नु पर्ने गुगल म्यापले बतायो । यति मात्र होइन, यसै क्रममा उनले एउटा गोहीको पनि सामाना गर्नु परेको थियो । यो घटनाको उजुर गरे पछि गुगलले गल्ती भएको स्वीकार गर्दै फिलिप र मार्सेलसँग माफी मागेको अन्तराष्ट्र्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 

त्यसपछि गुगलले एक विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गर्दै यो सडक गुगल नक्साबाट हटाइएको जनाएको छ । यद्दपी, गुगलले फिलिप र मार्सेल सुरक्षित रहेकोमा राहत महशुश गरेको उसले जनाएको छ । यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन् । यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाइ पुर्‍याउने काम गरिरहेको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९