शिखर इन्सुरेन्सले चैत ९ गते बोलायो एजीएम

काठमाडौं। शिखर इन्स्योरेन्सले लभांश प्रस्तावबना नै चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समिति बैठकले यसअघि नै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

 

आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ।

 

सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गर्ने भएको छ। फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन्। फागुन २५ र २६ गते क्रमाशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन। सभा शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१