तेह्रथुमका गोपाल ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं ।  तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचानसमेत भइसकेको र उनलाई पक्रन मात्रै बाँकी रहेको बताएको छ।‘हामीले हत्यारा पत्ता लगाइसकेका छौं, पक्राउ पर्न मात्रै बाँकी हो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले भने।पाठकका अनुसार ढकालको हत्यामा हालसम्म तिनै व्यक्ति संलग्न देखिन्छन्, जुन दिन ढकालसँग उनी मात्रै अन्तिम समयसम्म थिए।

 

सूर्यविनायक नगरपालिका-८ भक्तपुर सिपाडोलको एउटा गोठमा ढकालको शव हत्या गरेको अवस्थामा गत फागुन ११ गते फेला परेको थियो। उनी फागुन ९ गते बेलुका राति ८ बजे सिपाडोलस्थित डेराबाट बाहिर निस्केका थिए।उक्त घटना अनुसन्धानको क्रममा अन्य दुई जना (एक जना केटा र केटी) पक्राउ परेका थिए।‘घटनाको अन्तिम सिनमा ती दुई व्यक्ति देखिँदैनन्, त्यसकारण हत्या गर्ने व्यक्ति ढकालसँग गोठतिर हिँडेका व्यक्ति मात्रै हुन् भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष हो,’ पाठकलले भने।

 

९ गते राति निस्किएपछि ढकाल ती व्यक्तिसँग सिपाडोलको एउटा पसलमा छिरेका थिए। उक्त पसलमा सडकमा मागेर हिँड्ने एक जना केटा र एक केटी पनि छिरेका थिए। पछि ती दुई जना पसलबाट बाहिर निस्केको देखिन्छ।  ‘त्यहाँको सिसिटिभी फुटेज हेर्दा ढकाल र फरार व्यक्ति गोठतिर उकालो लागेको देखिन्छ,’ पाठकले भने।‘ढकालको हत्या भएको कुरामा दुविधा छैन। गोठमा छिरेपछि ती व्यक्तिले इँटा-ढुंगा जे-जे भेटे, त्यसैले टाउकोमा हिर्काएर हत्या गरेका हुन्,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले हत्या भएको देखाइसकेको छ।’

 

के एकै जना व्यक्तिले नै ढकालको हत्या गरेको हो? भन्ने प्रश्नमा डिएसपी पाठक घटनाको अनुसन्धानले त्यही अवस्था देखिएको बताउँछन्।ती व्यक्तिसँग ढकालको के ‘रिसिइबी’ थियो भन्ने अनुसन्धानकै पाटो छ। जबसम्म फरार व्यक्ति पक्राउ पर्दैनन्, तबसम्म घटनाको पर्दा नउघ्रिने डिएसपी पाठकले बताए।‘हामी फरार व्यक्तिलाई खोजी गरिरहेका छौं, हाम्रो अनुसन्धान टोलीले चाँडै पक्राउ गर्छ भन्ने आशा राखौं,’ उनले भने।ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो भन्ने खुलेको छैन। ‘उनीहरूबीच के कस्तो सम्बन्ध थियो भन्ने अभियुक्त पक्राउपछि खुल्छ,’ उनले भने।

 

यसरी भएको थियो हत्या

तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए। उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए। ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए।प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन्। ढकालकी एक जना छोरी थिइन्। यही फागुन ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किएका थिए। उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

 

 

सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो। उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन।डिएसपी पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन्।

 

 

त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट हुन्छ।अनुसन्धानका सिलसिलामा वृत्त जगातीले त्यहाँ भेट भएका अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। ती दुई जनामध्ये एक जना केटा र अर्की केटी थिए।‘उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन्,’ पाठकले भने।

 

 

उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ। त्यसपछि ती दुई व्यक्ति (केटा-केटी) छुट्टिन्छन्।‘गोठ भएतिर ढकाल र अहिले हामीले पत्ता लगाएर खोजी गरिरहेका व्यक्ति मात्रै गएका देखिन्छन्,’ पाठकले भने।ती दुबै (केटा-केटी)ले मोबाइल फोन बोक्दैनन्। हत्या गर्ने व्यक्तिसँग मोबाइल नभएको देखिएको पाठकले बताए।

 

 

हत्या आकस्मिक हो वा पहिलेदेखि बनाइएको योजनाअनुसार हो भन्ने खुलेको छैन।जब तीन जना छुट्टिन्छन्, त्यसपछि हत्या गर्नेले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए।‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने।

 

 

त्यसलगत्तै ढकालको फोन अफ भयो। यता घरपरिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भएको थियो।गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए।मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए। खोजीका लागि वृत्त जगातीमा निवेदन दिए।

 

 

रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्‍यो। अनुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो।फरार भएका व्यक्तिले अफ गरेर ढकालको मोबाइलसमेत लगेका छन्। ‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

काठमाडौँ, परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।   स्टारलिङ्कले कम–कक्षीय...

बर्दगोरियाबाट सालको गोलिया सहित डलप, गोरु र एक व्यक्ति नियन्त्रणमा

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–६ बाँस्कोटीबाट सिमरीस्थित आरा मिलमा चिरानका लागि लैजाँदै गरिएको सालको गोलिया सहित डलप र एक हल गोरुलाई सव–डिभिजन वन कार्यालय बर्दगोरियाले नियन्त्रणमा लिएको छ।   वन कार्यालयका अनुसार वडा नं ६ का ४७ वर्षीय दिलबहादुर चौधरीले घरायसी प्रयोजनका लागि गोलिया आरा...

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

चितवन,  स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९