काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले २०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिने दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले २०८३ साल चैत मसान्तभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम सकिने बताएका हुन् ।‘भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वास्त पार्न चाहन्छु’ उनले भने ।


































































































































































