मोरङ । काँकरभिट्टा–लौकही सडक विस्तारका लागि रुख कटानको काम सुरु भएको छ। बिहीबार एक कार्यक्रमबीच रुख कटान कार्यको सुरुवात गरिएको हो।झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको चार लेन सडक विस्तारका लागि सडकमा पर्ने रुख कटानको काम सुरु भएको छ। एसियाली मापदण्डमा निमार्ण गरिने सडकको झापामा पूर्व खण्डमा काकडभिट्टा–सितापुरी र पश्चिम खण्डमा सितापुरी–मावा खोला भनेर विभाजन गरेर काम भइरहेको छ।
पूर्व खण्डमा पर्ने काकडभिट्टादेखि सितापुरीम्मका ४ हजार ७२३ वटा रुख काटिने झापाका डिभिजनल वन अधिकृत मेघराज राईले बताए।यो सडक एसियाली विकास बैंक र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको ४६ अर्ब लागतमा निर्माण गरिने छ। झापा जिल्लामा याे सडक ५२ किलोमिट रहेकाे छ।




















































































































































