गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइ भएको भन्दै जिल्ला प्रशासन पुग्यो मेयरको टोली

मोरङ । मोरङको पथरीशनिश्चरे, सुनवर्षी र रंगेली नगरपालिकामा पर्ने गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइ भएको भन्दै मेयरको टोली जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको छ।बिहीबार पथरीशनिश्चरेका मेयर मोहन प्रसाद तुम्बापो, प्रवक्ता नविनजंग कार्की, सुनवर्षीका मेयर श्याम प्रसाद राजवंशी र रंगेलीका मेयर दिलिप बगडिया (अग्रवाल) सहितको टोली जिल्ला प्रशासन पुगेका हुन्। गान्धी मनमोहन मार्ग निर्माणमा ढिलाइभएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको प्रवक्ता काकीृले जानकारी दिए।

 

 

यो सडकले पथरीशनिश्चरेको वडा नम्बर १० भुटानी सिविर हुँदै रंगेली नगरपालिका छुन्छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी वि.सं. २०७६ कात्तिकमा उक्त सडक निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले लिएको हो। सम्झौता भएकामा समयमै काम सम्पन्न नभएपछि स्थानीयले पटक पटक बाटो अवरुद्ध समेत गर्दै आएका छन्।समयमा काम सम्पन्न नगरेको कम्पनीले पछिल्लोपटक सडक अबरुद्ध हुदा तत्काल काम थाल्ने सहमती गरेको थियो तर अहिले फेरि निर्माणको काम रोकिएको छ। निर्माण कम्पनीले ५३ लाख ७७ हजारमा ठेक्का लिएको हो। ३ वर्षमा सक्ने भनेपनि २०८० कार्तिकमा म्याद थप गरेको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१