तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु

भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा शुक्रबारदेखि तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका छन्।उदघाटनमा नगर प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिता आजको लागिमात्र नभई भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणको लागि भएको बताए। समाजलाई अनुशािसत र व्यवस्थित गर्ने सिलसिलास्वरुप नगरपालिकाले खेलकुद प्रशिक्षण, खुल्ला व्यायामशाला, कर्भड हल निर्माण, खेलकुद प्रतियोगिताहरु सञ्चालनमा जोड दिँदै आएको उनले बताए। उनले नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउने कोसिस गर्दै आएको बताए।भक्तपुर नपा वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले निडर र निर्भिक खेलाडी तयार गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुद क्षेत्रमा योगदान पुर्‍याइरहेको बताए। भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले सञ्चालन गरेको खेलकुद प्रतियोगिताले खेलाडिहरू निकै लाभान्वित हुने विश्वास व्यक्त गरे।भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले युवा टीम स्थापनाको इतिहास बताउँदै युवालाई कुलतबाट बचाउने अभियानस्वरुप भक्तपुर युवा टीम स्थापना भएको स्मरण गरे।भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर कप फुटबल प्रतियोगिता संयोजक सुरेश कवां प्रतियोगितामा १६ वटा टीम सहभागी भएको अवगत गराए। 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१