कैलाली । “रगत नालिमा हाेइन नाडिमा बगाउ” भन्ने मुल उद्धेश्यका साथ शनिबार कैलालीको बाैनियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लघुवित्त कर्मचारी मञ्च बाैनियाकाे आयाेजनामा भएको साे कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि टिकापुरले प्राबिधिक सहयोग उपलब्ध गराएको थियो ।
पछिल्लो समय लघुवित्त प्रति फैलिदै कुप्रचारकाे अन्त्य गर्दै लघुवित्त सामाजिक कार्यमा समेत सधैं सक्रिय रहने कुरा यस्ता कार्यक्रमले पुष्टि गर्ने स्थानियकाे बुझाइ रहेको छ । कर्मचारी मञ्च बाैनियाका अध्यक्ष दुर्गा दत्त जोशीकाे अध्यक्षतामा भएको कार्यक्रममा मञ्चमा आबद्ध सदस्य लगायत स्थानीय गरेर कुल २२ जनाले रक्तदान गरेको मञ्चका सदस्य पदम चाैलागाइले जानकारी दिनु भएको छ ।






























































































































































