पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा सुभेच्छुक संस्थाको जिवन्तताको लागि मूल नेतृत्वका रुपमारहेका पदाधकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औल्याएका छन्।नेपाल विद्यार्थी संघ केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाइएका केन्द्रीय सदस्यहरूको आजसम्म पनि बैठक बस्न नसकेपछि शनिबार बिहान महरको सिचवालय बानेश्वरमा गुनासो गर्न पुगेका संघका केन्द्रीय नेताहरूसँग छलफल गर्दै महरले पाँच जना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या सिर्जना भइरहेको बताएका छन्।

‘पार्टी शीर्ष नेतृत्वको जिम्मालिएकाहरूको फाइदाका लागि युवाविद्यार्थीहरूलाई गुट र उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएको र अहिलेसम्म नेविसंघको बैठक बस्न सकेको छैन। भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न नसकेन, भ्रातृ संस्था क्रियाशील हुन सकेका छैनन्। पार्टीका विभाग गठन हुन सकेका छैनन्। पार्टीको विधान कार्यान्वयन हुन सकेको छैन,’ उनले भने। व्यक्तिगत लेनदेनका लागि पदाधिकारीहरूले जस्तो सुकै सम्झौता गर्ने र आम कार्यकर्ता, आम जनता, पार्टीको जिवन्तता र पार्टीलाई जनतासँग जोड्ने सवालमा क्रियाशील नदेखिनु चिन्ताको विषय भएको उनले बताए।

‘महासमिति बैठको प्रस्ताव लेखनका लागि संयोजक तोकियो। प्रस्ताव लेखनका लागि समिति निर्माण गर्ने भन्ने थियो। समिति निर्माण नगरेरै र केन्द्रीय समितिका साथीहरू तथा आम कार्यकर्तासँग समन्वय नगरेरै एकै पटक प्रस्ताव केन्द्रीय समितिमा लगियो। त्यसरी आएको प्रस्ताव परिमार्जनसहित पास गरियो भनियो। महासमितिको हलमा जाँदा प्रस्ताव व्यक्तिगत तवरले प्रस्तुत गरियो। यद्यपी त्यो केन्द्रीय समितिको थियो,’ महरले भने।

महासमिति बैठक लगत्तै नेविसंघले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा सबैको सहयोग हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै असन्तुष्टि जनाए। उनले १५ फागुनका लागि तय भएको बैठक विभिन्न गुट र उपगुटका कारण प्रभावित भइरहेको टिप्पणी गरे।

कांग्रेसका मूल पदाधिकारीहरू र मुख्य प्रतिस्पर्धी नेता शेखर कोइरालालगायतले प्रशिक्षणात्मक मन्तव्य दिएर बैठक अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा त्यो तदारुकता कसैमा नदेखिएको बताए। ‘बैठकलाई अगाडि बढाएर शीर्ष नेताहरूले नेविसंघको गति, नेविसंघले खेल्नुपर्ने भूमिका, यसका कामको महत्त्वलगायत विषयमा संवाद गरिनुपर्थ्यो। त्यो हुन सकेन। देशभरबाट आएका केन्द्रीय सदस्यहरू चार दिनदेखि काठमाडौंमा अलपत्र हुनुहुन्छ,’ उनले भने। यस्तो हुँदा पार्टीमा युवाले भविश्य नदेख्ने र युवा आकर्षण कम हुनेतर्फ नेतृत्व चिन्तित हुनुपर्ने महरको धारणा छ।

व्यक्ति बलियो बन्न,गठबन्धन बलियो बनाउन, पद प्राप्त गर्न र गुट वलियो बनाउन नेताहरु चनाखो देखिए पनि आम जनता र कांग्रेसको भविश्यका बारेमा चिन्तित नदेखिनु चिन्ताको विषय भएको महरले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पाटन (ललितपुर),गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी, यहाँको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरी पोखरेबगर–घार–चित्रे सडक स्तरोन्नति  थालेको हो ।     यो पोखरा देखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो । अन्नपूर्ण गाउँपालिका–६ का...

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९