भारतिय सवारीलाई नाकाबाटै रुट पर्मिट सेवा सुचारु

भैरहवा।  यातायात व्यवस्था सेवा कार्यालय भैरहवाले भैरहवा भन्सार कार्यालयबाटै अस्थायी पटके इजाजत पत्र (रुट प्रमिट) सेवा सुरु गरेको छ । स्थलमार्ग हुदै सबै भन्दा बढि पर्यटक भित्रिने नाकाको रुपमा रहेको बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरिएको हो ।अब भारतिय पर्यटकहरु भन्सारसँगै रुट पर्मिटको सेवा भन्सार परिसरबाटै पाउने छन । शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतिय नागरिक धु्रव सिंहलाई काठमाण्डौ सम्म ४ दिनका लागि रुट प्रामिट दिई सेवा सुरु गरिएको हो । भारतिय पर्यटकलाई नाकामै रुट प्रमिट दिन थालेपछि यातायात व्यवस्था सेवा कार्यालय पुग्नु पर्ने बाध्यता अब हटेको छ । भन्सार कार्यालयले भौतिक सहयोग गरेसँगै यो सेवा भन्सारमै थपिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख ईश्वरी अर्यालले भने ।दैनिक २ सयको हाराहारीमा पटके सेवा लिने गरेकोमा सिमित जनशक्ति भए पनि अधिकांसको माग बमोजिम सिमा विन्दुमा नै सेवा सुरु गरिएको छ यसको दिगो संचालनका लागि सबैको सहकार्य हुन जरुरी रहेको उनले भने ।

नेपाली सवारीसाधनको ५० किलोमिटर सम्म १ सय १० रुपैयाका दरले राजश्व बुझाउनु पर्छ भने भारतिय मोटरसाइकलको हकमा प्रतिदिन २ सय , मझौला गाडीको हकमा प्रतिदिन ५ सय र ठूला बसको दैनिक ७ सयको दर राजश्व बुझाई इजाजत पत्र दिने व्यवस्था छ । इजाजत पत्रका लागि बुटव बसपार्कमा पनि काउन्टर रहेको छ , भन्सारले इजाजत दिएको दिन सम्म मात्रै यातयातले पटके दिने गरेको कार्यालय प्रमुख अर्यालले भने ।   सेवा सुभारम्भ को अवसरमा बोल्दै प्रजिअ अर्यालले पटके इजाजत लिनका लागि पर्यटकहरु भौतारिदै गरेको र सरोकारवाल निकायको माग भएकै कारण सम्बन्धित निकायमा पहल गरेर पर्यटकका लागि सेवा सुरु गरिएको बताए ।कार्यभार सम्हालेदेखि नै सबैको समस्या आफ्नो समस्या जस्तै ठानेर काम गरिरहेको छ, अझै पनि धेरै काम गर्नुपर्ने भएकोले सहकार्य तथा समन्वय गर्नुपर्ने बताए । प्रजिअ अर्यालले यो पहिलो अध्याय हो दोस्रो अध्यायको रुपमा सिमामा चेकजाँच प्रणलीलाई एक ठाँउमा व्यवस्थित गर्ने तेस्रो अध्यायमा नेपाल प्रवेश गर्नै सबै जना वाल्क थ्रु गेट हुदै परिचय पत्र देखाएर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्थापनका लागि गृहकार्य भएको बताए ।

यातायात कार्यालयले २०६८ सालदेखि पटके सेवा संचालन गरेको भएपनि भैरहवामा आर्थिक वर्ष २०७१÷७२ बाट सेवा इकाई कार्यालयको स्थापनासँगै रुट प्रमिट दिदै आएको थियो । तत्कालिन समयमा सिद्धार्थ उद्योग वाणिज्य संघको भौतिक सहयोगमा नेशनल ट्रेडिङमा कार्यालय स्थापना भएपनि हाल अञ्चलपुरमा कार्यालय रहेको छ ।कार्यालयले वार्षिक ३५ करोड बढि राजश्व उठाउदै आएको छ । सिमामै सेवा दिन थालेपछि राजश्वमा पनि बढोत्तरी हुने यातयात कार्यालयको अपेक्षा रहेको छ ।

कार्यालयले निकट भविष्यमा प्रदुषण मापनको स्वीकृत दिने व्यवस्था को पनि थालनी गर्न लागेको कार्यालय प्रमुख अर्यालले भने । हामीसँग सवारीसाधनको प्रदुषण मापन यन्त्र आइसकेको छ, प्रदेश सरकारको मन्त्रालयबाट स्टीकर नआइसकेको कारण सेवा सुरु भएको छैनौ अबको केही समयमै सेवा थप हुने उनले भने ।  पटके शाखा सेवा संचालनको क्रममा बोल्दै यातयात व्यवसायी सियाराम यादवले नेपाली गाडीहरुका लागि रुट प्रमिट लिन सिमामा पुग्नु पर्दा अपायक हुने हुदा कार्यालयबाट पनि सेवा सुचारु गर्नुपर्ने बताए ।

यस्तै पर्यटन व्यवसायी चन्द्र प्रकाश श्रेष्ठ, उद्योग व्यपार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, सिदार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतम, पर्यटन व्यवसायी संजय बजिमय, कार्यालयका अधिकृत नरबहादुर अर्याल लगायतले सेवा संचालनसँगै भारतिय पर्यटक गाडीलाई सहज हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौँ,   नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने  प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।   आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी  जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई...

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौँ, चालु आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी (डडेल्धुरा),  भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उहाँले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गर्नुभयो । उहाँले गाडिएका खमबा...

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी (बेनी), म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।  काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक

काठमाडौँ,  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९