काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी रहेको छ। चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरेको छ। सरकारमा जाँदा के सर्तमा जाने, कुन–कुन मन्त्रालय लिने, कति वटा मन्त्रालय लिने, प्रदेशका सरकारमा के गर्ने, अन्य नियुक्तिहरूको विषयमा के गर्नेलगायत विषयमा छलफल गर्नका लागि बैठक बसेको जसपाका प्रवक्ता मनिष समुनले बताए।यसअघि बिहान पनि कार्यकारिणी समितिको बैठक बसेको थियो।


































































































































































